प्रमुख गतिविधि
लघुवित्तले गत मङ्सिरमा सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा फागुन २९ गते निवेदन दिएको छ । उक्त हकप्रदको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- लघुवित्तको खुद नाफा १ करोड २८ लाख ३८ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करीब १७ प्रतिशत वृद्धि हो ।
- पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न कठिन परेको देखिन्छ । यो अवधिमा कम्पनीको पूँजी २४० प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट कम भएर ७ रुपैयाँ ५४ पैसा आइपुगेको छ ।
- जगेडा कोषमा ७६ प्रतिशत कम भएको छ । कम्पनीको जगेडा कोषमा ८५ लाख १४ हजार सञ्चित छ । अघिल्लो वर्षको यही त्रैमासमा उसको जगेडा कोषमा ३ करोड ५३ लाख रुपैयाँ थियो ।
- सापटी रकम ४३ प्रतिशत वृद्धि भएर १ अर्ब ६ करोड पुगेको छ भने कर्जा सापट ५७ प्रतिशत वृद्धि भएर १ अर्ब २४ करोड पुगेको छ ।
- प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी ४४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले २ करोड ५५ लाख खुद ब्याज आम्दानीबापत कमाएको छ, जसमा ३७ लाख ४२ हजार रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट २५ हजार फिर्ता गरेको छ ।
- सञ्चालन नाफा २ करोड १ लाख छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा ३६ प्रतिशत वृद्धि भएको पाइन्छ ।
- कोषको लागत वृद्धि भएको छ । ५ दशमलव ५४ प्रतिशत रहेको कोषको लागत वृद्धि भएर १० दशमलव ३२ पुगेको छ ।
- लघुवित्तले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव ५०, तरलता अनुपात १६ दशमलव ९८ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ११३ दशमलव ४४ पैसा छ ।

निष्कर्ष :
समीक्षा अवधिमा लघुवित्तले २४० प्रतिशतले पूँजी वृद्धि गरे अनुपातमा आफ्नो आम्दानी बढाउन सकेको छैन । यसले उसको प्रतिशेयर आम्दानीमा ठूलो कमी आएको देखिन्छ । साथै, राष्ट्र बैङ्कले २०७५ असार मसान्तसम्ममा थोक कर्जा प्रवाह गर्ने लघुवित्तको पूँजी ६० करोड पु¥याउनुपर्ने निर्देशन दिएअनुसार यो कम्पनी पुनः ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रियामा छ । उक्त हकप्रद पूँजीकृत भएपछि लघुवित्तलाई आफ्नो वित्तीय अवस्था सन्तुलनमा राख्न चुनौती थपिनेछ ।

प्राविधिक विश्लेषण : आरएसडीसीमा विक्रेताको चाप

प्रतिरोध २ : ९५० । प्रतिरोध १ : ८२५ । अन्तिम कारोबार मूल्य : ७३५ । टेवा १ : ६४५ । टेवा २ : ६२०
बजारको अवस्था
घट्दो प्रवृत्तिमा रहेको आरएसडीसी कम्पनीको शेयरमूल्य केही दिनयता बढेको थियो । बढे पनि सोमवार भने १८ रुपैयाँ अर्थात् २ दशमलव ३९ प्रतिशत घटेर ७ सय ३५ रुपैयाँमा बन्द भएको छ भने यस कम्पनीको ७ हजार ७ सय ११ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज
आरएसडीसीको शेयरमूल्य पाँचदिने र २१ दिने मुभिङ एभरेज माथि छ । यी दुई मुभिङ एभरेजबमोजिम यस कम्पनीको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रहे पनि सोमवारको मैनबत्तीले घट्न सक्ने सम्भावना देखाएको हुनाले तत्काल पर्खेर हेर्नुपर्ने देखिन्छ ।

एडीएक्स
एडीएक्स सूचकबमोजिम अझै पनि यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बताएको छ ।
एडीएक्स सूचकबमोजिम अझै पनि यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बताएको छ ।
एटीआर
एटीआर सूचक बढ्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव बढेको बुझाउँछ ।
एटीआर सूचक बढ्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव बढेको बुझाउँछ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचक केही दिनयता उच्च गतिमा बढ्दै आएको छ, जसले यस कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढेको बताएको छ ।
स्टोकास्टिक सूचक केही दिनयता उच्च गतिमा बढ्दै आएको छ, जसले यस कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढेको बताएको छ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले मिश्रित धारणा बताएको हुनाले हालको समयमा यस कम्पनीको शेयर ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएको छ । विभिन्न सूचकहरूले बढ्दो प्रवृत्तिमा रहेको बुझाए पनि सोमवारको मैनबत्तीको आकारले भने विक्रेताको चाप बढ्न सक्ने सम्भावना उच्च रहेको बुझाएको छ ।

Source : Abhiyan
No comments:
Post a Comment