काठमाडौं : लुम्बिनी विकास बैंकले
बेचेको १०% हकप्रद सेयर बिहीबार बाँडफाँट भएको छ । बैंकले २० लाख ८ हजार
८७८.४७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १४ लाख ७ हजार ५५३ कित्ताका
लागि मात्र आवेदन परेको थियो । कुल ६ लाख १ हजार ३२५.४७ कित्ता हकप्रद
बिक्री हुन सकेन । बिक्री नभएका सेयर लुम्बिनीले अब लिलामीमा ल्याउनेछ । यस
हकप्रदमा १८ हजार ७९२ जनाले आवेदन दिएका थिए ।
बैंकले माघ ११ देखि फागुन २३ गतेसम्म २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद
सेयर बिक्री खुला गरेको हो । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८
हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री गरेपछि चुक्ता
पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।
लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक मर्ज भएर लुम्बिनी विकास बैंक बनेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लुम्बिनीले १४ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३० पैसा छ ।

Source : Nepalipaisa
No comments:
Post a Comment