१४ जनवरी २०१८ देखि १२ मार्च २०१८ (नोटः छोटो २६ दिने औषत मूल्यरेखा, लामो १४ दिने औषत मूल्यरेखा)
१० बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको कुमारी बैङ्कको शेयर मूल्यमा उताव चढाव रह्यो । बैङ्कले पूँजी वृद्धिका लागि १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद शेयर आवेदन दिनको लागि आवेदकहरुले वैशाख ९ गतेसम्म शेयर किन्नु पर्नेछ । ५७ दिनको करोबार अवधिमा बैङ्कको सबैभन्दा उच्च शेयर मूल्य जनवरी १४ मा रू. २ सय ८५ पुगेको छ । बिहीवारको मूल्य रू. २ सय ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. २ सय ५९ मा प्रतिरोध र मूल्य सस्तिएमा रू.२ सय ४४ मा टेवा पाउने देखिन्छ । ५७ दिनको कारोबार अवधिको अन्तिम तीन दिनको आकृतीलाई हेर्दा टेवा पाउने सङ्केत देखिन्छ । यस्तो अवस्थामा बैङ्कको शेयर मूल्य बढ्ने गर्दछ ।
No comments:
Post a Comment