Sunday, April 22, 2018

सेयर कारोबारमा सम्पति कर र भ्याट लगाउने तयारी छैन- राजश्व सचिव, अर्थ मन्त्रालय

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुगानाले सेयर कारोबारमा सम्पति कर र मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने बारेमा कुनै छलफल नभएको स्पष्ट पारेका  छन् ।
केही अनलाईन र सामाजिक संजालमा अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई भन्दै नयाँ आर्थिक बर्षदेखि सेयर कारोबारमा सम्पति कर र भ्याट अनिबार्य गरिने भन्ने कुरा चर्चामा ल्याईएको थियो ।
गत बिहीबार सेयर कारोबारको समय सकिनै लाग्दा एकाएक सेयरमा सम्पति कर लाग्ने र भ्याट अनिबार्य गरिने भन्ने हल्ला सेयर दलालको कार्यालयमा चलाईएपछि केही लगानीकर्ताले आँत्तिएर सेयर बेचेका थिए । केही ब्यक्तिहरुले नियोजित रुपमा चलाएको त्यस प्रकारको हल्लाबाट केही लगानीकर्ता अझै अन्या्ेलमा रहेको पाईएको छ । केही ब्यक्तिहरु यस्तै हल्ला चलाएर फेरि लगानीकर्ताको मनोबल कमजोर पार्ने खेलमा लागेका पाईएको छ ।
अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको भनाई भन्दै समाचार प्रबाह भएपछि सेयरलगानी डटकमले खत्रीसँग- तपाइँले साउनदेखि सेयर कारोबारमा भ्याट र सम्पति कर लाग्ने कुरा बताउनु भएछ, थप स्पष्ट पारिदिनु हुन्छ कि ? भनेर सोधेको थियो ।
खत्रीले आफुले त्यस बिषयमा कुनै पनि संचार माध्यमसँग कुरा नगरेको र त्यस प्रकारको तयारी पनि नभएको भन्दै उल्टो स्पष्टिकरण दिए ।
उनले भने- मैले कसैलाई कुनै प्रतिक्रिया दिएको छैन र सम्पति कर र भ्याट लगाउने कुरामा मन्त्रालयमा छलफल पनि भएको छैन ।
राजश्व सचिव शिशिर ढुंगानाले पनि आफैलाई थाहा नभएको बिषयमा मन्त्रालयको तयारी भन्दै हल्ला चलाईएकोमा आश्चर्य ब्यक्ति गरे ।
महालेखा परीक्षकको कार्यालयले बिगत केही बर्षदेखि सेयर दलालले लगानीकर्ताबाट असुलेको दलाली शुल्कमा भ्याट छुट नभएको भन्दै त्यसलाई असुल गर्न सरकारलाई निर्देशन गर्दै आएको छ । महालेखाको पछिल्लो प्रतिबेदनमा २५ वटा सेयर दलालबाट आर्जन गरिएको दलाली शुल्कबाट १६ करोड भ्याट असुल गर्न स्पष्ट निर्देशन दिईएको छ । महालेखाले दलाली शुल्कमा भ्याट थपेर हैन, लगानीकर्ताबाट असुल भएको रकममा मात्र भ्याट कटाउन भनेको स्पष्ट देखिन्छ । त्यही कुरालाई बंग्याएर लगानीकर्तामा भ्रम सिर्जना गर्न खोजिएको छ ।
लगानीकर्ताहरुले सेयर कारोबार गर्दा दलाली र अन्य शुल्कका साथै नाफामा सेयर बेचेको अबस्थामा पाँच प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् । कम्पनीहरुको हकमा भने त्यो पूँजीगत लाभकर नाफाको १० प्रतिशत लाग्दै आएको छ ।
आन्तरिक राजश्व बिभागले लगानीकर्ताले तिरेको पूँजीगत लाभकर अन्तिम कर भएकाले सेयर कारोबारमा थप कर नलाग्ने स्पष्ट पार्दै आएको छ ।
 Source : Sharelagani

No comments:

Post a Comment