Sunday, April 8, 2018

नेप्सेमा ५ वर्ष यताकै सबैभन्दा बढी कम्पनीको शेयर किनबेच, ३ महीना पछि ९१ करोडको कारोबार

चैत २५, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३ दशमलव ५४ प्रतिशत बढेको छ । कारोबार शुरु भएदेखि बढेको बजार अन्त्यमा ४४ दशलमव २६ अङ्क बढेर १ हजार २ सय ९४ दशमलव ६५ विन्दुमा पुगेको छ । यस दिन १ हजार २ सय ५० दशमलव ३९ विन्दुबाट शुरु भएको कारोबार २ बजेर २० मिनेटमा ५२ अङ्क बढेर १ हजार ३ सय २ दशमलव ५० विन्दुमा पुगेको थियो । सोही समयमा नेप्से परिसूचक ४ दशमलव १७ प्रतिशतले बढेको हो ।



यस दिन ५ वर्ष यताकै सबैभन्दा बढी कम्पनीको शेयर कारोबार भएको छ । १ सय ७६ कम्पनीको १० हजार ७ सय ४६ पटकको व्यापारमा २३ लाख १२ हजार ८ सय ६५ कित्ता शेयरको रू.९१ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको छ । करीब ३ महीना पछि सो रकमको शेयर कारोबार भएको हो ।

कारोबार भएका १० समूहको परिसूचकमा सबै समूहको परिसूचक बढेको छ । बीमा समूहको परिसूचक सबैभन्दा उच्च ६ दशमलव १७ प्रतिशत र लघुवित्त समूहको ६ दशमलव शून्य ८ प्रतिशतले बढेको छ । यि दुई समूहको परिसूचक उच्चले बढ्दा नेप्से परिसूचक बढ्न टेवा पुगेको हो । नविल बैङ्क लिमिटेडको प्रतिकित्ता रू.९ सय ९९ मा रू.३ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले र आठ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । राधी विद्युत कम्पनीको शेयर मूल्य ३ दशमलव ४३ प्रतिशतले घटेको छ ।

कारोबार भएमध्ये १ सय ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

Source : Abhiyan

No comments:

Post a Comment