नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड को मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले ५ सय ०३ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ६ सय ९४ दशमलव २५ रुपैयाँ थियो । कम्पनीले शत प्रतिशत (१००%) हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १००
प्रतिशत अर्थात् (१ः१) को अनुपातमा निष्कासन गर्न लागेको हकप्रद शेयर ३५ दिन सम्मको लागि रहेको छ | २०७५ बैशाख ५ गते देखि खुल्ला हुने भएको छ । कम्पनीले रू. १०० अंकित मूल्यका ३० लाख १९ हजार ८ सय ८६ दशमलभ १० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द हुने मिति २०७५ जेठ ८ गते रहेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३० करोड १९ लाख ८८ हजार ६ सय १० रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैङ्कको चुक्तापूँजी रू. ६० करोड ३९ लाख ७० हजार २ सय २० पुग्नेछ । चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।
No comments:
Post a Comment