Friday, April 6, 2018

२४ अंकले बढयो नेप्से परिसूचक


साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अंकले बढयो ।अघिल्लो दिन करिब साढे २७ अंकले बढेको नेप्से बिहीबार २३.९४ अंकले बढेर १ हजार २ सय ५०.३९ विन्दुमा पुगेको हो । अघिल्लो दिनको तुलनामा परिसूचक करिब २ प्रतिशतले बढी हो ।

पछिल्ला केही दिनयता सेयर बजार लगातार रूपमा बढिरहेको छ । यसले लगानीकर्ताको मनोबल बढाएको छ । बिहीबार दिनभर भएको ८ हजार ७ सय कारोबारबाट १ सय ६८ कम्पनीका १५ लाख १४ हजार ३ सय ६९ कित्ता सेयरको किनबेच भए । ती किनबेचबाट ६१ करोड ९३ लाख बराबरको सेयर कारोबार भयो ।



अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै दोब्बर हो । कारोबारमा आएकामध्ये १ सय ४३ कम्पनीको सेयर मूल्य बढयो, १३ कम्पनीको सेयर मूल्य घटयो र १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

उक्त दिन कारोबारमा आएकामध्ये ९ वटा समूहका परिसूचक बढे । तर, व्यापार समूहको परिसूचक स्थिर छ । जसमध्ये बिमा समूहको परिसूचक सबैभन्दा बढी ३.११ प्रतिशतले बढयो ।

यसैगरी बैंकिङ समूहको परिसूचक १.७३, होटलको ०.८२, विकास बैंकको २.१७, जलविद्युत्को २.४५, लघुवित्तको २.५८ र उत्पादन तथा प्रशोधन समूहका परिसूचक २.२५ प्रतिशतले बढे । परिसूचक बढेपछि कुल बजार पुँजीकरण पनि बढेर १४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ ।

Source : Kantipur

No comments:

Post a Comment