अल्पकालीन नाफा बुक गर्ने प्रवृतिले शेयरबजारमा तिब्र उतारचढाब देखिएको छ। कारोबार सुरु भएको १५ मिनेटमै करिब २० अंकले बढेको नेप्से परिसूचक ६.८७ अंकले घटेर १२८७.७८ को बिन्दुमा ओर्लिएको छ।
केहि दिन अगाडी घटेको मौकामा शेयर खरिद गर्नेले नाफा बुक गर्न बिक्रि बढाउँदा शेयरबजारमा तिब्र मोलमोलाई बढेको छ। जस कारण सोमबारको कारोबारमा दिन भर शेयरबजारमा तिब्र उतार चढाब देखिएको छ।
सोमबार कारोबारमा आएका १६९ कम्पनिका २७ लाख २७ हजार ८३२ कित्ता शेयरको खरिद बिक्रिबाट ९४ करोड ९६ लाखको कारोबार भएको छ। आइतबारको तुलनामा सोमबारको कारोबार रकम २ करोडले बढी हो।
पछिल्लो समय यताकै धेरै कारोबार भएको दिन नबिल बैंक, बुटवल पावर, स्ट्याण्डर्ड चार्टड बैंक, प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सको बढी कारोबार भएको छ। त्यस्तै श्रीजना फाइनान्स, सुर्योदय लघुवित्त, काबेली बिकास बैंक, नेपाल इन्स्योरेन्स लगायतका कम्पनिका शेयरधनिहरुले ८ प्रतिशत बढीले बढेको छ।
त्यस्तै २० प्रतिशत नगद लाभांश घोषणा गरेको बुटवल पावर कम्पनि, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबि माइक्रोफाइनान्स लगायतका कम्पनिको शेयर मुल्य घटेको छ।
दुई दिनको कारोबारमा झन्डै २ अर्बको कारोबार हुँदा शेयरबजारमा संस्थागत लगानीकर्ताको प्रवेश भएको विश्लेषण गरिएको छ। यसले केहि दिन अघिसम्म घट्दो बजारमा औशतमा ३० करोडको कारोबार देखेर चिन्तित बनेका लगानीकर्तामा उत्साह बढाएको छ।

Source : Bizpati
No comments:
Post a Comment