नेपाल धितोपत्र बोर्डले २०७५ सालको सुरु देखि नै शेयर खरिद बिक्रिको
लागि इन्टरनेट मार्फत आदेश दिन सक्ने ब्यबस्था लागु गर्न धितोपत्र दलाल
ब्यबसायी (ब्रोकर) हरुलाई परिपत्र गरेको छ ।
यस
ब्यबस्था कार्यन्वयन भएसंगै लगानीकर्ताले शेयर खरिद बिक्रिको लागि आदेश
दिनको लागि ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ । यसबाट
धितोपत्र कारोबार प्रक्रिया तथा अभिलेख सम्बन्धि कार्य थप ब्यबस्थित, सहज,
पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने बोर्डले अपेक्षा
लिएको छ । साथै यसबाट नेप्सेले निकट भबिश्य मै तयार पार्न लागेको अनलाइन
ट्रेडिङको लागि आधार तयार र सहज हुने बोर्डले बिश्वास लिएको छ ।
बोर्डले
ब्रोकरहरुलाई ७३ साल फागुन २६ गते यस्तो ब्यबस्था कार्यन्वयनको लागि
तयारी गर्न निर्देशन दिएको थियो । ब्रोकरहरुले आफ्नो सफ्टवेयरमा यस्तो
सेवा समाबेश गरेको जानकारी गराएकाले बोर्डले बैशाखबाट सेवा दिन निर्देशन
दिएको हो ।
Source : Bizpati
No comments:
Post a Comment