Thursday, April 12, 2018

नौ कम्पनीको ३ करोड २१ लाख ९८ हजार बराबर कित्ता शेयर सूचीकृत !!!!

आज चैत्र २९ गते बिहिबार नेप्सेमा नौ कम्पनीको ३ करोड २१ लाख ९८ हजार ९ सय ६७ दशमलव ४६ कित्ता शेयर सूचीकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख, नागबेली लघुवित्त विकास बैङ्कको २ लाख ४० हजार ४६ सय दशमलव १५ कित्ता, अपी पावर कम्पनी लिमिटेडको ८ लाख ४० हजार कित्ता , सनराइज बैङ्क लिमिटेड १ करोड ६ लाख ३३ हजार ७ सय ६८ दशमलव ५ कित्ता बोनस शेयर , तिनाउ विकास बैङ्क लिमिटेडको ४ लाख ६० हजार ८ सय ४९ दशमलव ९२ ,सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ हजार २ सय ५० ,जानकी फाइनान्स लिमिटेडको ६ लाख १५ हजार ३ सय ४६ ,प्राइम कमर्शियल बैङ्क लिमिटेडको १ करोड ७० लाख ७८ हजार ६ सय ६६ दशमलव ८९ कित्ता बोनस शेयर र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ लाख ८३ हजार ४० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

No comments:

Post a Comment