ईन्टरनेटको माध्यमबाट सेयर किनबेचको आदेश दिन सकिने गरी धितोपत्र बोर्डले परिपत्र गरे अनुसारको. सुबिधा दिनेमा ५० नम्बर ब्रोकर क्रिष्टल कन्चनजंगा सेक्युरिटिज प्रा. लि पहिलो भएको छ ।
सो कम्पनीले आईतबार साढे १० बजे धितोपत्र बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीबाट अनलाईनबाट लगानीकर्ताले खरिद बिक्री गर्ने आदेश दिन सकिने सेवा शुभारम्भ गराउँदै छ । ५० नम्बर ब्रोकर स्टक ब्रोकर एशोसियशनका अध्यक्ष प्रियराज रेग्मीको कम्पनी हो ।
लगानीकर्ता आफ्नै घर, कार्यालय वा इृन्टरनेट भएको जुनसुकै ठाउँमा रहेर सेयर किनबेचको आदेश दिन सकिने सेवा नयाँ बर्षको पहिलो दिनबाटै सुरु गराउन सेयर दलालहरुलाई बोर्डले निर्देशन दिईसकेको छ । सेमी अनलाईनको रुपमा चर्चामा आएको यसलाई धितोपत्र बोर्डले लगानीकर्ताको हकमा ऐच्छिक मात्र गरे पनि हरेक सेयर दलालले लागु गर्नुपर्ने बाध्यता छ ।
यो सेवा प्रयोग गर्न चाहने लगानीकर्ताले दलालको कार्यालयबाट प्रयोगकर्ताको संकेत र गोप्य नम्बर लिनुपर्ने हन्छ । लगानीकर्ताले दिएको आदेश ब्रोकर ब्याक अफिस सफ्टवेयरमा सुरक्षित रहने र कारोबार तथा अभिलेखीकरणलाई सहज बनाउने धितोपत्र बोर्डको भनाई छ ।

Source : Sharelagani
No comments:
Post a Comment