Sunday, April 15, 2018

२०७४ को अन्तिम दिन १२७७ विन्दुमा परिसूचक, तेस्रो वित्तीय विवरणको पर्खाइमा लगानीकर्ता

२०७४ को अन्तिम दिन १२७७ विन्दुमा परिसूचक, तेस्रो वित्तीय विवरणको पर्खाइमा लगानीकर्ता

वि.स. २०७४ को अन्त्यमा शेयर बजार १ हजार २ सय ७७ दशमलव ५५ विन्दुमा पुगेर टुङ्गिएको छ । उतारचढावसँगै ओरालो लागेको शेयर बजार अघिल्लो वर्षको अन्तिम दिनको तुलनामा २४ दशमलव ७२ प्रतिशतले घटेको हो । दुई सातादेखि बजार केही सुधारिएको छ । गत साताको कारोबारमा परिसूचक भने २७ दशमलव १६ अङ्क बढेको थियो । तर, साताको पहिलो दुई दिन करीब १ अर्ब पुग्न लागेको कारोबार रकममा पछिल्लो समय केही ओरालो लागेको छ । विश्लेषकहरुको अनुसार लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । लगानीकर्ताहरु तेस्रो वित्तीय विवरणको पर्खाइमा रहेको छन् । सो साता लगानीकर्ताहरुले शेयर बजारबाट रू. ३५ अर्ब २८ करोड सम्पत्ति बढेको छ । त्यस्तै, कारोबार रकम करीब ६० प्रतिशत बढेको थियो ।
साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ३ सय १३ रहेको छ भने दोश्रो विन्दु १ हजार ३ सय ४८ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार २ सय ४६ र दोश्रो टेवा विन्दु १ हजार २ सय १५ मा पाउने देखिन्छ । साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिनको सामान्य डोजी बनेको छ । प्राविधिक विश्लेषण अनुसार एक साताको समग्र बजार हेर्दा आगामी दिनमा बजारले टेवा पाएर परिसूचक बढ्ने सङ्केत गर्दछ । सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५२ दशमलव ११ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
अघिल्लो साताको अन्तिम दिन १ हजार २ सय ५० दशमलव ३९ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन बढेर १ हजार २ सय ७७ दशमलव ५५ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक १७ दशमलव १ अङ्कले घटेको हो । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन २ दशमलव ६४ अङ्कले घटेर २ सय ७२ दशमलव ४५ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन १ दशमलव ३९ अङ्कले घटेर ९२ दशमलव १२ अङ्कमा पुगेको हो ।
गत साता ३६ हजार ७ सय ५ कारोबारबाट १ सय ८३ कम्पनीहरुको ८१ लाख ९८ हजार ९ सय कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट रू. २ अर्ब ९५ करोड २९ लाख ८९ हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ७३ दशमलव ९३ प्रतिशत कम हो । अघिल्लो साता १ सय ८० कम्पनीहरुको २७ हजार ६ सय ३३ कारोबारबाट ५४ लाख ५० हजार २ सय ६० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू. १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो ।
सो साता कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याको आधारमा बैङ्क अफ काठमाडौं लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू. १२ करोड २९ लाख ४० हजार बराबरको शेयर कारोबार गरेको थियो । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा यस कम्पनीले ५ लाख ८० हजार कित्ता शेयर किनबेच गरेको थियो । र कारोबार सङ्ख्याको आधारमा प्रिमियर इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहको छ । यस कम्पनीको कारोबार सङ्ख्याको आधारमा १ हजार ५ सय ४९ ओटा कारोबार भएको थियो ।
गत साताको समूहगत परिसूचक:
 

Source : Abhiyan

No comments:

Post a Comment