Thursday, April 19, 2018

मुक्तिनाथ विकास बैङ्कले कति देला प्रतिफल ? हेरौं कम्पनी विश्लेषण

मुक्तिनाथ विकास बैङ्कले कति देला प्रतिफल ? हेरौं कम्पनी विश्लेषण

नेपाल राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको इजाजत प्राप्त मुक्तिनाथ विकास बैङ्कले सार्वजनिक गरेको आव २०७४/७५ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार रू. ४२ करोड ७५ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २० प्रतिशतले बढी हो । बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको देखिन्छ ।
सोही अवधिमा बैङ्कको चुक्तापूँजी ६८ प्रतिशतले बढेर रू. २ अर्ब ५९ करोड पुगेको छ । बैङ्कले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी बढेको हो । बैङ्कले रिजर्भ कोषमा रू. ८० करोड ४६ लाख छुट्याएको छ । बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड ९९ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव शून्य १ प्रतिशत रहेको छ । बैङ्कको आगामी योजना नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिदै उत्पादनशिल क्षेत्रहरुमा व्यवसाय वृद्धि गर्दै जाने र सम्भाव्यता अध्ययन गरी शाखा सञ्जाल विस्तार गर्ने रहेको बैङ्कको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
वर्गिकरणः विकास बैङ्क
पछिल्लो व्यापार मूल्यः रू. ४१३
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १६५७
५२ हप्ताको न्यून व्यापार मूल्यः रू.३६५
१८० दिनको भारित औसत मूल्यः रू.४६७.५३
कम्पनीका महत्वपूर्ण अनुपात

अध्यक्षः खिम प्रकाश मल्ल
सञ्चालकहरुः
नारायण कुमार श्रेष्ठ
नारायण प्रसाद पौडेल
गजेन्द्रमान श्रेष्ठ
चुडामनी कडेल
व्यवस्थापन समूह
प्रमुख कार्यकारी अधिकृतः प्रद्युमन पोखरेल
प्रधान कार्यालयः कमलादी,काठमाडौं
वेबसाइटः www. muktinathbank.com.np
शाखा र एक्सटेन्सन काउण्टरः ७४
स्टक सङ्केतः एमएनविविएल
विगत ५ वर्षको बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण
  • आधारभूत विश्लेषण
    बैङ्कको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः
  • चुक्तापूँजीको तुलनामा खुद नाफा २३ दशमलव ०२ प्रतिशतबाट घटेर १६ दशमलव ५० प्रतिशतमा सीमित भएको छ । चैत मसान्तसम्ममा बैङ्कको लगानी रू. ६८ करोडभन्दा बढी रहेको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २ सय ६८ प्रतिशतले बढी हो ।
  • बैङ्कले चैत मसान्तसम्ममा रू. २४ अर्ब ५४ करोड निक्षेप सङ्कलन गर्दा रू. २१ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । खुद ब्याज आम्दानी रू. ८८ करोड २८ लाख, कर्मचारी खर्च रू. २४ करोड २८ लाख अन्य सञ्चालन खर्च रू. १९ करोड ३१ लाख र सञ्चालन नाफा रू. ६५ करोड ७६ लाख रहेको छ ।
  • बैङ्कको स्थिर सम्पत्ति ३४ प्रतिशतले बढेर रू. ४८ करोड २२ लाख र अन्य सम्पत्ति २० प्रतिशतले बढेर रू. १५ करोड ७ लाख पुगेको छ । पूँजीकोष लागत ८ दशमलव ७५ प्रतिशत र पूँजीकोष पर्याप्तता १५ दशमलव २१ प्रतिशत रहेको छ ।
  • बैङ्कले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार तरलता अनुपात १५ दशमलव २१ प्रतिशत, प्रतिशेयर आम्दानी (वार्षिक) रू. २२ दशमलव २६, मूल्य आम्दानी अनुपात (वार्षिक) १८, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार १ सय १६ दशमलव २२ र प्रतिशेयर नेटवर्थ रू. १ सय ३० दशमलव ५४ रहेको छ । बुधवारको शेयर मूल्य नेटवर्थको ३ गुणा छ ।
प्राविधिक विश्लेषण
  • खरीद चापः बैङ्कको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ४ गुणा बढी छ । सो अवधिसम्म १६ हजार ९ सय ३३ कित्ता शेयर खरीद र ४ हजार २८ कित्ता विक्री गर्ने माग थियो ।
  •  बुधवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण१७ जनवरी २०१८                                                                                                   १८ मार्च २०१८
स्ट्याण्डर्ड डेभिएशन 
 १७ जनवरी २०१८                                                                                              १८ मार्च २०१८
आरएसआई
१७ जनवरी २०१८                                                                                                १८ मार्च २०१८
मुभिङ एभरेज
१७ जनवरी २०१८                                                                                             १८ मार्च २०१८
  • मैनबत्ती विश्लेषणः बैङ्ककोे ५९ दिनको कारोबारमा अन्तिम दुई दिनको मैनबत्ती हेर्दा शेयर मूल्यले टेवा पाएको देखिन्छ । यस्तो अवस्थामा बैङ्कको शेयर मूल्य बढ्ने गर्दछ ।
  • आरएसआईः बैङ्कको ५९ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (५६ दशमलव ९५ स्केल)मा छ । यसले खरीद विक्री चाप सन्तुलनामा रहेको देखाउँछ ।
  • स्ट्याण्डर्ड डेभिएशनः बैङ्कको ५९ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव २८ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।
  • मुभिङ एभरेजः बैङ्कको ५९ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । बुधवारको मूल्य रू. ४ सय १३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. ४ सय २६ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. ४ सय ५ मा टेवा पाउन सक्छ ।

 Source : Abhiyan

No comments:

Post a Comment