Thursday, April 19, 2018

अनलाईनको डेमो नेप्सेले ब्रोकरलाई शुक्रबार देखाउने, यही महिना हुनसक्छ परीक्षण कारोबार



पूर्ण अनलाईन कारोबार प्रणालीको लामो प्रतीक्षामा बसेका लगानीकर्ताहरुका लागि चाँडै नै खुशीको खबर आउने संभावना बढेको छ ।

नेप्सेको भेण्डर कम्पनी वाईको प्रा. लि ले निर्माण गरिरहेको पूर्ण अनलाईन कारोबार प्रणालीको सबै १६ वटा मोडुलहरु बनाईसकेकाले भोलि शुक्रबार सेयर दलालहरुलाई देखाएर प्रतिक्रिया माग हुने भएको छ ।



नेप्से सम्बद्ध स्रोतले सेयरलगानी डटकमलाई दिएको जानकारी अनुसार भोलि लतिलपुरको एक होटलमा सबै सेयर दलालहरुका बीचमा नेप्से र वाईकोका अधिकारीहरुले अनलाईनको स्वरुप र प्रणालीगत संरचनाबारे जानकारी गराउने भएका छन् ।

नेप्से स्रोतले भन्यो- दलालहरुबाट ठूलो परिवर्तनको माग भएन भने यही महिनाबाट पूर्ण अनलाईन कारोबार प्रणालीको परीक्षण हुनसक्ने संभावना छ ।

वाईको र नेप्सेबीचको सम्झोता पत्रमा जेठ १८ गतेसम्म पूर्ण अनलाईन कारोबार प्रणाली निर्माण सकेर लगानीकर्तालाई प्रयोग गराईसक्नु पर्ने प्रावधान छ ।

पूर्ण अनलाईन कारोबार प्रणाली चालु भएमा सेयर बजार पूर्ण स्वचालित हुनुका साथै अहिलेका अनेक समस्या र बिकृति अन्त्य भई बजारको बिकास र बिस्तार हुने आशा गरिएको छ ।

Source : Sharelagani

No comments:

Post a Comment