Sunday, April 22, 2018

मैनवत्ती विश्लेषणः आइएमई जनरल इन्स्योरेन्स

मैनवत्ती विश्लेषणः आइएमई जनरल इन्स्योरेन्स

१०ः८ अनुपातमा हकप्रद शेयर निष्कासनको तयारीमा रहेको आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य बुलिस प्रवृत्तीमा रह्यो । ५९ दिनको मैनबत्ती विश्लेषणले यस्तो देखाएको हो । कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो । बीमा समितिले निर्जीवन बीमा कम्पनीको पूँजी आगामी साउन मसान्तसम्ममा रू. १ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । ५९ दिनको कारोबार अवधिमा कम्पनीको शेयर सबैभन्दा उच्च जनवरी २१ मा रू. १ हजार २५ पुगेको छ । पछि केही दिन यता शेयर बजारमा सुधार आएपछि यस कम्पनीको कारोबार उच्च भएको छ । बिहीवारको शेयर मूल्य रू. १ हजारदेखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. १ हजार २७ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ९ सय ८५ मा टेवा पाउने देखिन्छ । ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा सुटिङ स्टार आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य वियरिश ट्रेण्डमा रिभर्स हुने सङ्केत देखाँउछ । विश्वसनियता भने सामान्य रहेको छ ।

Source : Abhiyan

No comments:

Post a Comment