
प्रमुख गतिविधि
कम्पनीको सम्पन्न आठौं वार्षिक साधारणसभाबाट १४ दशमलव ४० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ । १४ दशमलव ४० प्रतिशत बोनस शेयरपछि कम्पनीको पूँजी ८ अर्ब पुग्नेछ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- दोस्रो त्रैमाससम्म आइपुग्दा बैङ्कको खुद मुनाफामा ६८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले यो त्रैमासमा २७ करोड १७ लाख खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष उसले १६ करोड १३ लाख खुद मुनाफा कमाएको थियो ।
- जगेडा कोषमा २११ प्रतिशत वृद्धि भएको छ । कोषमा अहिले १ अर्ब ६ करोड रुपैयाँ छ ।
- पूँजी वृद्धिसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न बैङ्कलाई कठिन परेको देखिन्छ । यो त्रैमासमा उसको प्रतिशेयर आम्दानी १३ दशमलव ९८ रुपैयाँबाट घटेर ६ दशमलव ७९ रुपैयाँ कायम भएको छ ।
- यो दोस्रोे त्रैमासमा ५२ अर्ब ८० करोड निक्षेप उठाई ४८ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ ।
- निक्षेप १०७ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह ११२ प्रतिशत वृद्धि भएको छ ।
- खुद ब्याज आम्दानी १३९ प्रतिशत वृद्धि भएर ९७ करोड २८ लाख पुगेको छ ।
- सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत वृद्धि भएर २२ करोड ६२ लाख पुगेको छ । आम्दानीमा ४१ करोड २२ लाख प्रोभिजन घट्न पुग्यो भने जोखीम कोषबाट १९ करोड २ लाख फिर्ता भएको छैन ।
- निष्क्रिय कर्जामा वृद्धि भएको छ । यस अवधिमा निष्क्रिय कर्जा २ दशमलव ५७ प्रतिशतबाट वृद्धि भएर २ दशमलव ६५ प्रतिशत भएको छ भने निष्क्रिय कर्जाका लागि ९१ दशमलव ७८ प्रतिशत रकम व्यवस्था गरेको छ ।
- ब्याजदर वृद्धिका कारण बैङ्कको कोषको लागत भने वृद्धि भएको छ । उसको कोषको लागत ४ दशमलव ५७ प्रतिशतबाट वृद्धि भएर ७ दशमलव ८३ पुगेको छ ।
- बैङ्कले प्रकाशन गरेको दोसे त्रैमासको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ६ दशमलव ७९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ ३३ पैसा र तरलता अनुपात २४ दशमलव ४७ प्रतिशत छ ।

कम्पनीले ४१ करोड २२ लाख रुपैयाँ प्रोभिजन गर्नुपर्यो । तर त्यसको तुलनामा १९ करोड २ लाख राइट ब्याक भएको पाइन्छ, जसले गर्दा प्रमुख आम्दानीको स्रोत खुद ब्याज आम्दानी १३९ प्रतिशत वृद्धि हुँदा पनि खुद नाफामा ६८ प्रतिशत वृद्धि देखियो । पूँजी वृद्धि धेरै भएको र नाफा वृद्धि गर्न कठिनाइ परेको देखिन्छ । निक्षेप र कर्जामा आएको वृद्धि सकारात्मक पक्षको रूपमा छ ।
प्राविधिक विश्लेषण : जनता बैङ्क बढ्न सङ्घर्ष गर्दै

बजारको अवस्था
जनता बैङ्कको शेयरमूल्यको समग्र प्रवृत्ति घट्दो रहे पनि केही सातायता यस बैङ्कको शेयरमूल्य बढेको छ । करीब ३ हप्ताअघि कम्पनीको शेयरमूल्य १ सय ५० रुपैयाँतिर रहेको थियो भने हालको अवस्थामा १ सय ६५ रुपैयाँको हाराहारीमा छ । यस साता कम्पनीको शेयरमूल्य बढे पनि १ सय ७० रुपैयाँतिर प्रतिरोध सामना गर्दै आएको थियो । साताको अन्तिम कारोबार दिन शेयरमूल्य ८ रुपैयाँ अर्थात् ४ दशमलव ६८ प्रतिशत बढेर १ सय ७९ रुपैयाँमा बन्द भएको छ ।
मुभिङ एभरेज
पाँचदिने र २१ दिने मुभिङ एभरेजअनुसार यस बैङ्कको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ ।
एडीएक्स
एडीएक्स सूचकअनुसार पनि यस बैङ्कको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचक प्रवृत्तिहीन अवस्थामा रहेको हुनाले हालको समयमा खरीदकर्ता र विक्रेताको चाप बराबर रहेको बुझाएको छ ।
एटीआर
एटीआर सूचक केही दिनयता बढेको हुनाले उतारचढाव उच्च छ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले यस बैङ्कको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले आगामी दिनमा पनि बढ्दो प्रवृत्तिमा रहने सम्भावना उच्च रहेको बुझाएको छ ।
Source : Abhiyan
No comments:
Post a Comment