एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
को मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ३
सय १४ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य १ हजार ३ सय ५२ दशमलव ८२ रुपैयाँ
थियो । कम्पनीले १०% बोनस पछिको मूल्य समायोजन गरेको हो ।
एभरेस्ट इन्स्योरेन्स कम्पनीको मिति २०७४/०८/२८ गते बिहिबार सम्पूर्ण
सञ्चालक समितिको बैठकले शेयर धनीलाई १० % बोनस र सो मा कर लागने नगत लाभांश
वितरण गर्ने प्रस्ताव गरेको हो । उपरोक्त प्रस्तावित आगामी वैशाख १०
साधारण सभाबाट स्वीकृत भए पश्चात शेयरधनिलाई वितरण गरिने छ । यसका लागि
इन्सुरेन्सले सोमबार(२०७४/१२/२६) देखि सभा हुने दिन(वैशाख १०)सम्म बुक
क्लोज गर्न लागेको हो । इन्सुरेन्सको चैत २५ गतेसम्म कायम शेयरधनिले १० %
बोनस पाउने छन् । सभामा कम्पनीले १०% बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५०
हजार रुपैयाँ चुक्ता पुँजीमा १०५% संस्थापक हकप्रद जारी गर्ने र त्यसपछि
कायम हुने सम्पूर्ण शेयरधनीलाई फेरि ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ
बराबरको ३००% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।
No comments:
Post a Comment