१४ जनवरी २०१८ देखि १२ मार्च २०१८ (नोटः छोटो २६ दिने औषत मूल्यरेखा, लामो १४ दिने औषत मूल्यरेखा)
१ः२ अनुपातमा हकप्रद शेयर निष्कासनको लागि सेबोनमा निवेदन दिएको अपि पावर कम्पनीको शेयर मूल्यमा सामान्य उताव चढाव आएको छ । ५७ दिनको मैनबत्ती विश्लेषणले यस्तो देखाएको हो । ५७ दिनको करोबार अवधिमा कम्पनीको शेयर मूल्य सबैभन्दा उच्च जनवरी १४ मा रू. ४ सय २५ पुगेको छ । सोही अवधिमा २६ दिने औषत मूल्यरेखा र १४ दिने औषत मूल्यरेखा एकआपसमा टाढिएका छन् । बिहीवारको मूल्य रू.२ सय ८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. ३ सय ४० मा प्रतिरोध र मूल्य सस्तिएमा रू.२ सय ७० मा टेवा पाउने देखिन्छ । ५७ दिनको करोबार अवधिको अन्तिम दिनमा सेतो मारोबोजु आकृृती बनेको छ । यस्तो आकृती कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ ।
No comments:
Post a Comment