Sunday, April 15, 2018

मैनबत्ती विश्लेषणः एक्सेल डेभलपमेण्ट बैङ्क


मैनबत्ती विश्लेषणः एक्सेल डेभलपमेण्ट बैङ्क
१४ जनवरी २०१८ देखि १२ मार्च २०१८ (नोटः छोटो २६ दिने औषत मूल्यरेखा, लामो १४ दिने औषत मूल्यरेखा)
एक्सेल डेभलपमेण्ट बैङ्कको शेयर मूल्य उताव चढाव रह्यो । ५७ दिनको मैनबत्ती विश्लेषणले यस्तो देखाएको हो । बैङ्कले चैत २३ गते साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले तीन जिल्लामा रहेको कार्यक्षेत्रलाई बढाएर पाँच जिल्लामा पु¥याउने प्र्रस्ताव पारित गरेको छ । ५७ दिनको करोबार अवधिमा बैङ्कको सबैभन्दा उच्च मूल्य फेब्रअरी १५ मा रू.३ सय ७७ पुगेको छ । सोही अवधिमा २६ दिने औषत मूल्यरेखा र १४ दिने औषत मूल्यरेखा एक आपसमा टाढिएका छन् । बिहीवारको मूल्य रू. ३ सय ४२ देखि बजारको अवस्था परिवर्तन मूल्य महङ्गिएमा रू. ३ सय ४७ मा प्रतिरोध र सस्तिएमा रू. ३ सय ३५ मा टेवा पाउने देखिन्छ । ५७ दिनको करोबार अवधिको अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यस्तो आकृतीले बैङ्कको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ ।
Source : Abhiyan

No comments:

Post a Comment