Sunday, April 15, 2018

मैनबत्ती विश्लेषणः प्रभु बैङ्क


मैनबत्ती विश्लेषणः प्रभु बैङ्क
१४ जनवरी २०१८ देखि १२ मार्च २०१८ (नोटः छोटो २६ दिने औषत मूल्यरेखा, लामो १४ दिने औषत मूल्यरेखा)
प्रभु बैङ्कको शेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ । ५७ दिनको मैनबत्ती विश्लेषणले बढेको देखाएको हो । बैङ्कले १० बराबर ४ अनुपातमा हकप्रद शेयर निष्कासन गरिसकेको छ । ५७ दिनको करोबार अवधिमा बैङ्कको शेयर मूल्य सबैभन्दा बढी मूल्य जनवरी १४ मा रू.२ सय ५० पुगेको छ । सोही अवधिमा २६ दिने औषत मूल्यरेखा र १४ दिने औषत मूल्यरेखा एक आपसमा नजिकिएका छन् । बिहीवारको मूल्य रू. २ सय २० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू.२ सय २४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय १७ मा टेवा पाउने देखिन्छ । ५७ दिनको करोबार अवधिको अन्तिम दिनमा सेतो मारोबोजु आकृती बनेको छ । यस्तो आकृतीले बैङ्कको शेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ ।
Source : Abhiyan

No comments:

Post a Comment