Tuesday, April 10, 2018

तीन कम्पनीको ८ लाख ५८ हजारबढी सेयर लिलामीमा, कुनको कति ?


तीन कम्पनीको सेयर लिलामीमा राखिएको छ । दुई कम्पनीको सेयर विक्री खुल्ला भैरहेको छ भने एक कम्पनीको सेयर बुधबारदेखि विक्री खुल्ला हुँदैछ ।
रिलायन्स फाइनान्स लिमिटेड र कावेली विकास बैंकको सेयर विक्री खुल्ला भएको छ भने श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर बुधबारदेखि विक्री खुल्ला हुँदैछ । तीन वटै कम्पनीको सेयर पहिलो चरणमा विक्री खुल्ला भएको समयमा नविकेको संस्थापक सेयर लिलामीमा राखेको हो ।
रिलायन्स फाइनान्स
रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर सोमबार देखि विक्री खुल्ला गरिएको छ । यस अघि कम्पनीले निश्कासन गरिएको नबिकेको संस्थापक सेयर लिलाममा राखिएको हो ।
कम्पनीको ५ लाख ३५ हजार ३ सय १४.५२ कित्ता सेयर लिलाममा राखिएको छ । यस कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले बैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको सेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
काबेली बिकास बैंक
काबेली बिकास बैंकले संस्थापक सेयर मंलबारदेखि विक्री खुल्ला गरिएको छ । कम्पनीले ४५ हजार ३ सय ५१ कित्ता संस्थापक सेयर लिलाममा राखेको हो ।
यस कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले बैशाख ४ गतेसंम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोवल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर भोली अर्थात (बुधबार) देखि विक्री खुल्ला गरिदैछ । यस अघि कम्पनीले निश्कासन गरिएको संस्थापक सेयर नविकेपछि लिलाममा राखिएको हो ।
कम्पनीको २ लाख ७७ हजार ९ सय ९६.५३ कित्ता सेयर लिलाममा राखेको छ । यस कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले बैशाक ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
Source : arthasansar

No comments:

Post a Comment